नेभिगेशन
समाज

नेकपाका नेता एवं पुर्वसांसद गणेश पण्डितको निधन

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता एवं पुर्वसांसद गणेश पण्डितको निधन भएको छ । पण्डितको हृदयघातका कारण निधन भएको हो ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका कविलासस्थित महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयाघात भएको थियो ।

उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै निधन भएको पन्डितका भान्जा एवं चिकित्सक डाक्टर केदारनरसिंह केसीले जानकारी दिए ।

७२ वर्षीय नेता पण्डित नुवाकोट जिल्लाबाट २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा तात्कालीन नेकपा एमालेका तर्फबाट सांसदमा निवार्चित भएका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज