नेभिगेशन
अर्थ/वाणिज्य

बजेट मार्फत राखिएका लक्ष्य घटाइयो

काठमाडौँ ।

 

चालु आर्थिक वर्षको बजेट मार्फत राखिएको लक्ष्यहरू घटाइएको छ । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समिक्षा गर्दै चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन खर्चको साथै राजश्व आम्दानी र बैदेशिक सहयता परिचालन खर्च सबै घट्ने प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षमा १३ सय १५ अर्बको बजेट विनीयोजन गरिएकोमा ९१ दशमलव २ प्रतिशत अर्थात ११ सय ९९ अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ ।

विनीयोजीत बजेटमध्ये चालु खर्च आठ खर्ब ४५ अर्ब मध्ये सात खर्ब ९८ अर्ब, पुँजीगत खर्च तीन खर्ब १३ अर्ब मध्ये दुई खर्ब ६५ अर्ब रुपैयाँ र वित्तीय खर्च एक खर्ब ५५ अर्बमध्ये एक खर्ब ३५ अर्ब रुपैयाँ अर्थात लक्ष्यको तुलनामा क्रमश ९४ प्रतिशत, ८४ प्रतिशत र ८७ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

सरकारले मुद्रा स्फ्रिति तोकिएकै सिमा भित्र ६ दशमलव ५ प्रतिशतमा राख्ने लक्ष्य राखेपनि आर्थिक वृद्ध कति हुन्छ भन्ने प्रक्षेपण गरेको भने छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य