नेभिगेशन
राजनीति
झापा

दमन र लुटपाट मच्चाउने काम बन्द गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मच्चाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

इलाम र झापाको सीमानामा नेकपाले आयोजना गरेको ४६ औँ सुखानी शहीद स्मृति दिवस तथा श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी पार्टीलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी जनता मार्ने, लुट मच्चाउने, चन्दा असुल्ने, विस्फोट गराउने पार्टी नभएको भन्दै सच्चा कम्युनिष्ट पार्टी भए मिलेर अगाडी बढ्नुपर्ने बताए ।

शहिदहरुको बलिदान र मुल्यांकन गर्न कम्युनिष्ट पार्टी नीति बनाएर अघि बढिसकेको उनले प्रस्ट्याए । ओलीले झापा आन्दोलन र विद्रोहका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सरकार शहिद घोषणा गर्ने तयारीमा रहको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति