नेभिगेशन
राजनीति
चितवन

अहिलेकै सत्ताले समाजवादी व्यवस्था स्थापीत गर्दैनः गजुरेल

चितवन ।

नेकपा (क्रान्तीकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले अहिलेकै सत्ताले समाजवादी व्यवस्था स्थापीत गर्नै नसक्ने जिकिर गरेका छन ।

देशभक्त जनगणतान्त्रीक मोर्चाको मेचिमहाकाली अभियानका क्रममा चितवन आईपुगेका गजुरेलले थाहाखवरसँगको कुराकानीमा अहिलेकै अवस्थाले समाजवादको आधार तय नगर्ने बताएका हुन ।


सच्चा कम्युनिष्टको सरकारले गाँस, बास, कपास, शिक्षा लगायत जनताका आधारभुत आवश्यक्ताहरु निशुल्क गर्नुपर्ने भन्दै नेता गजुरेलले वर्तमान सरकारबाट त्यस्तो कुनै गतिविधि नदेखिएको टिप्पणी गरेका छन ।

वर्तमान सत्ताप्रति आक्रोसीत बनेका नेता गजुरेलले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर हाल बनेको नेकपा सच्चा कम्युनिष्ट नभएको बताउदै भने ‘यो बक्वास मात्रै हो ।’ ‘एमाले कम्युनिष्ट पार्टि होईन, प्रतिक्रियावादीमा रुपान्तरण भईरहेको छ । विगतमा पनि एमालेकै सरकार भएको बेला हतियार उठेको कुरा प्रचण्डलाई पनि थाहा छ, उनले भने तर उहाँ पनि अहिले माओवादी बलीदानलाई धोका दिएर त्यहि दुसीत पानीमा घुल्नु भो, अब नेकपा कसरी कम्युनिष्ट पार्टी भयो ?


नेता गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस अहिले निरीह बनेर बसेको बताएका छन । अहिलेको अवस्थामा केहि गर्नसक्ने अवस्थामा नरहेको भन्दै अब कांग्रेसबाट केहि होला भन्ने नरहेको भन्दै उनले भने कांग्रेसबाट अब मुलुकलाई कुनै आश छैन ।


गजुरेलले आफुहरु जनताको सत्ता निर्माण गर्न नयाँ जनवादी क्रान्तीको तयारी गरीरहेको बताएका छन । मोर्चाले अहिले चलाएको देशव्यापी अभियान पनि त्यसैको पुर्व तयारी रहेको उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति