नेभिगेशन
खेल

यस्तो छ राष्ट्रिय फुटवल टिमको नयाँ जर्सी र लोगो

काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) र राष्ट्रिय फुटबल टिमले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ ।

पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गरेका हुन् । लोगो निर्माण गर्ने तिवारीलाई एन्फाले ५० हजार नगदले पुरस्कृत गरेको छ ।

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ र फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ ।

यसअघि नेपाली टोलीले फरक फरक कम्पनिको फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो ।

एन्फाले फुटबल टिमको गीत पनि सार्वजनिक गरेको छ । राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका फुटबल टिमको गीतमा शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्