नेभिगेशन
समाज

सल्यानमा एक युवकमाथि हतियार प्रहार

सल्यान / सल्यानमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ ।

जिल्लाको शारदा नगरपालिका –२ खलंगा स्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेको अवस्थामा शारदा नगरपालिका –२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो।

हतियार प्रहार गर्नेहरु सल्यान शारदा नगरपालिका –२ का १९ वर्षीय रुपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय थर नखुलेका प्रशान्त, शारदा नगरपालिका –१ पटनेरीका १८ वर्षीय विवस हमाल र सर्खेत गुर्भाकोट नगरपालिका –९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हतियार प्रहार गर्ने चारै जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज