नेभिगेशन
समाज

मतदान गर्न रुकुम गएका मन्त्रीका निजि सचिवलाई ज्यान मार्ने धम्की

रुकुम पश्चिम / स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न रुकुम पश्चिम गएका बेला अधिकृत स्तरका एक कर्मचारीलाई ज्यान मार्ने धम्की आएको छ । लुम्विनी प्रदेश सरकारका वन वातावरण तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमालका निजि सचिव अधिकृत छैटौ केशर खड्कालाई ज्यान मार्ने धम्कि आएको बताईएको छ ।

आईतबार नेपाल निजामती कर्मचारी युनियन लुम्विनी प्रदेश कार्यसमितिले एक विज्ञप्ती जारी गर्दै मताधिकार प्रयोग गर्न रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका गएका बेला खड्कालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको कर्मचारीको ज्यानको सुरक्षाको माग गरिएको छ ।

युनियनका प्रदेश समिति अध्यक्ष मदन गौतमले संविधानबाट प्राप्त मताधिकार प्रयोग गर्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै खड्का माथी ज्यान मार्ने धम्की दिनु सामान्य कुरा नभएको जनाउनुभएको छ । उहाँले स्वतन्त्रपूर्व हिडडुल गर्न समेत असहज हुनेगरी फोन तथा कलहरुबाट दिईएको धम्कीप्रति खेद प्रकट गर्दै दोषीहरु माथी कडा भन्दा कडा कारबाहिको माग समेत गर्नुभएको छ ।

खड्काले आफुलाई आएका धम्कीका म्यासेज, अडियोहरु सुरक्षित रहेकोले कानून अनुसार दोषीलाई कारबाहिको माग गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

कुदुमा पहिलो पटक धान रोपाइ