नेभिगेशन
समाज

लोकल कुखुरापालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट नगरपालीका १४, भागर मा एक दिने लोकल कुखुरापालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडाध्यक्ष कोकिसरा रानाको प्रमूख आतिथ्यता र संस्थाका अध्यक्ष श्री देवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पशु पंक्षी विशेशज्ञ डा. टिकाराम अधिकारी ले स्थानिय जातको कुखुरा पालन को लागि खोर निर्माण, तुलनात्मक लागत लाभ बिश्लेषण, सम्भाबित रोग र रोकथाम तथा उपचारको ब्यबस्था इत्यादी विषयमा सहजीकरण गरेका थिए ।

सेवाकेन्द्र ब्यबस्थापन उप समिति, सेवा केन्द्रका कर्मचारी सहित सहभागी १ सय ७ जनाले राखेका जिज्ञाशाको सहजकर्ता डां टिकाराम अधिकारीले जवाफ दिएका थिए ।

शिक्षा उप समिति सदस्य रामप्रसाद शर्मा सापकोटाले संचालन गरेको कार्यक्रममा अमरापुरी सेवा केन्द्र ब्यबस्थापन उप समिति सदस्य बिष्णु शाहिले स्वागत मन्तब्य, संचालक सदस्य केशवराज शर्माले कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

यस्तै शिक्षा उप समिति संयोजक कुलप्रसाद पाण्डे, बिद्यालयका प्रध्यानाध्यापक जगदिश पोख्रेलले कार्यक्रमको बारेमा आफ्ना भनाई राखेका थिए ।
सोही क्रममा २६ जना नयाँ सदस्य थप गरिएको थियो । कार्यक्रम पश्चात ‘थोरै मिहनेत बाट पनि धेरै फाइदा लिन सकिने कुरा थाहा भएको, नियमित घरायसी कुखुरा पाल्ने काममा पनि यस्तो तालिम धेरै उपयोगी भएको कुरा स्थानिय सहभागि ऋषीराम विश्वकर्माले ब्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर