नेभिगेशन
समाज

हावाहुरीले प्रमुख निर्वाचन अधिकृतको कार्यालय सहित ६ घरमा क्षति

निर्वाचन अधिकृतको कार्यालयलाई काम गर्न असहज

जाजरकोट / गएराति चलेको हावाहुरीले जाजरकोटमा ६ वटा घरमा क्षति पुर्याएकाे छ । हावाहुरीले भेरी नगरपालिका–३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित ६ वटा घरमा क्षति पुर्याएको हो ।

स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिनु भयो।

उहाँका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

कुदुमा पहिलो पटक धान रोपाइ