नेभिगेशन
अर्थ/वाणिज्य

गल्छी केरुङ सडक सञ्चालनमा आएन

काठमाडौँ ।

धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्रा्ष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि अन्तर्रा्ष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबँेसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि अहिलेसम्म सञ्चालनमा नआएपछि स्थानीय निराश भएका छन् ।
राज्यको लगानीमा सडक प्राविधिकले बेवस्ता गरी बसेकाले यस्ता प्राविधिकलाई सरकारको कडा निर्देशन दिन आवश्यक देखिएको स्थानीय बासिन्दाले बताए ।

सडक नेपाली सेनाले २०७५ साल वैशाख ६ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन समयमा सुरक्षा जाँच चौकीको अभावमा यातायात चलाउन रोक लागि वर्षायामको पहिरोले अधिकांश भाग क्षति पु¥याएको र गल्छीदेखि नै त्रिशूली नदी किनारको अन्तर्रा्ष्ट्रिय राजमार्ग स्तरोन्नति एवं कालोपत्रे टेवा पर्खाल लगाई दिगो व्यवस्थापन गर्ने कार्य नीतिअनुरूप नयाँ ट्र्याक खोलिएको मैलुङ सडकको डिपिआरसहित बोलपत्र प्रक्रिया अगाडि बढी रहेकाले नीतिगत रूपमा काम गर्न केही ढिलाइ भएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुवोद देवकोटाले जानकारी दिए ।


पहिरोले सडकमा ल्याएको ढुङ्गा फुटाउन एउटा ढुङ्गामा ३० वटाभन्दा बढी प्वाल पारेर राखिएको छ । मङ्गलबारदेखि नेपाली सेनाबाट हुने विष्फोटनपछि मैलुङ–स्याफ्रुबेँसी खण्डको सडक फागुन महीना भर सिङ्गल लेनको ट्रक खुलाउने लक्ष्य लिइएको समेत प्रमुख देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य