नेभिगेशन
कला/संस्कृती/धर्म

विधिवत रुपमा सुरु भयो होली


होली पर्व विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुरमा चिर ठड्याइएसँगै उपत्यकामा फागु अर्थात होली पर्व विधिवत रुपमा सुरु भएको मानिन्छ ।

केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा बिहिबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा विभिन्न रंगका रंगीचंगी कपडा झुण्डाईएका तीन तले चीर गाडे संगै होली पर्व सुरु भएको हो ।

होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक बर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि होली पर्व सकिएको मान्ने परम्परा छ ।

यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लामा चैत्र ६ गते तथा तराईका जिल्लाहरुमा चैत्र ७ होली पर्व परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृती/धर्म