नेभिगेशन
कला/संस्कृती/धर्म

हेर्नुहोस् पुस महिनाकाे राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

मेष राशि हुनेहरूका लागि सूर्य भाग्य भावमा, बुध १३ गतेसम्म कष्ट भावमा र १४ गतेबाट भाग्य भावमा, शुक्र ४ गतेसम्म कष्ट भावमा र ५ गतेबाट भाग्य भावमा, बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मंगल भाग्य भावमा गरिहरेका छन् । मेष राशि हुनेहरूका लागी घर गृहस्थीमा व्यावहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा ढिलासुस्ती तथा रुपैयाँ पैसा फस्न सक्छ ध्यान दिनुहोला । शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । व्यापारमा सामान्य मन्दी आउनेछ । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । तर पनि शुक्र, बृहस्पति, मंगल तथा बुधको अनुकूलताले सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि राज्यबाट पद प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाइने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

  • वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

वृष राशि हुनेहरूका लागि सूर्य कष्ट भावमा, बुध १३ गतेसम्म व्यापार भावमा र १४ गतेबाट कष्ट भावमा, शुक्र ४ गतेसम्म व्यापार भावमा र ५ गतेबाट कष्ट भावमा, बृहस्पति र शनि क्रमशः धन भावमा र लाभ भावमा, मंगल कष्ट भावमा गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदी बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ । कष्ट भावमा गोचर गर्ने मंगलले दिदी बहिनी बिच सम्बन्धमा दरार पैदा गराउनेछ । तापनि बुध, शुक्र, शनि, बृहस्पति ग्रहको अनुकूल प्रभावले व्यापार व्यवसाय फस्टाएर जानेछ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । पत्रकार, उद्योगी व्यापारी, खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । महिलाहरूले फेन्सि तथा कस्मेटिक व्यवसायमा लगानी गर्दा आम्दानीमा बढोत्तरी हुने योग रहेको छ । धन भावमा गर्ने बृहस्पति र लाभ भावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले कर्म क्षेत्रमा वर्चस्व कायम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । दैनिक उपभोग्य सामाग्री तथा स्वास्थ्य सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रबाट लाभ लिन सकिनेछ । निर्माण सामाग्री तथा अटो पार्टसको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

मिथुन राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा, बुध १३ गतेसम्म प्रतिस्पर्धा भावमा र १४ गतेबाट व्यापार भावमा, शुक्र ४ गतेसम्म प्रतिस्पर्धा भावमा र ५ गतेबाट व्यापार भावमा, बृहस्पति र शनि क्रमशः राशिमा र कर्म भावमा । मंगल व्यापार भावमा गरिहरेका छन् । व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । मंगलको प्रतिकुल गोचरले साझेदारहरूबिच सैद्धान्तिक राय बाझिनेछ भने लामो समयदेखिको सहकार्य टुट्न सक्छ । तर पनि बुध, शुक्र, बृहस्पति तथा शनिको अनुकूल प्रभावले अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी गर्न सकिनेछ । औषधि, अटो पार्टस्, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

कर्कट राशि हुनेहरूका लागि सूर्य प्रतिस्पर्धा भावमा, बुध १३ गतेसम्म विद्या भावमा र १४ गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र ४ गतेसम्म विद्या भावमा र ५ गतेबाट प्रतिस्पर्धा भावमा, बृहस्पति र शनि क्रमशः खर्च र भाग्य भावमा । मंगल प्रतिस्पर्धा भावमा गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । पढाइ लेखाइमा अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ । नयाँ कार्य योजना बनाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, खेलाडी, विद्यार्थी तथा मेडिकल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागी समय उत्तम रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको विदेश यात्राको तय हुनेछ । लेखन कलाको माध्यमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ ।

  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

सिंह राशि हुनेहरूका लागि सूर्य विद्या भावमा, बुध १३ गतेसम्म सुख भावमा र १४ गतेबाट सन्तान भावमा, शुक्र ४ गतेसम्म सुख भावमा र ५ गतेबाट विद्या भावमा, बृहस्पति र शनि क्रमशः लाभ र कष्ट भावमा । मंगल सन्तान भावमा गरिहरेका छन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । सन्तान भावमा मंगलको गोचरको कारण घाउ तथा चोटपटक लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा सन्तानसँग टाढिनु पर्दा मन खिन्न हुनेछ । नियम संगत काम नगर्दा जेलनेल सम्मको यात्रा हुन सक्छ ख्याल गर्नुहोला । दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । शनिको अडैया दशाको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । तापनि बुध,शुक्र र बृहस्पतिको अनुकूल गोचरमा कारण राजनीति तथा समाजसेवा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेको छ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समयले साथ दिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भूमि तथा पैतृक धन प्रयोग गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्बन्धित सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । मातापिता तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

  • कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो):

कन्या राशि हुनेहरूका लागि सूर्य सुख भावमा, बुध १३ गतेसम्म पराक्रम भावमा र १४ गतेबाट सुख भावमा, शुक्र ४ गतेसम्म पराक्रम भावमा र ५ गतेबाट सुख भावमा, बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा । मंगल सुख भावमा गरिहरेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी तथा श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । सुख भावमा मंगलको  गोचर प्रतिकुल हुनाले मन विचलित हुने र जीवन साथीसँग मनमुटाब बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा सचेत रहनुहोला । तर पनि बृहस्पति, बुध र शुक्रको अनुकूल गोचरका कारण राज्य संयन्त्रको नजिक जस्तै निजामती, फौजी तथा संस्थान र प्राइभेट कम्पनीहरूका काम गर्नेहरूका लागि समयले साथ दिनेछ । खेलाडी तथा पराक्रमी क्रियाकलापमा समय लगानी गर्नेहरूले प्रशस्त धन तथा सम्पत्ति सङ्ग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । ठेक्कापट्टा, कन्स्ट्रक्सन, निर्माण सामाग्री, औषधीजन्य सामान तथा अटोपार्टसको व्यापारबाट मनग्गे लाभ लिन  सकिनेछ । सवारी साधन प्राप्ति हुनेछ भने वंश वृद्धिको योग रहेको छ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ ।  शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट लाभ लिन सकिनेछ ।  

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

तुला राशि हुनेहरूका लागि सूर्य पराक्रम भावमा, बुध १३ गतेसम्म धन भावमा र १४ गतेबाट पराक्रम भावमा, शुक्र ४ गतेसम्म धन भावमा र ५ गतेबाट पराक्रम भावमा, बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा । मंगल पराक्रम भावमा गोचर गरिहरेका छन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालय हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । जीवनशैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित गर्न सकिनेछ । सुरक्षा संयन्त्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

वृश्चिक राशि हुनेहरूका लागि सूर्य धन भावमा, बुध १३ गतेसम्म राशिमा र १४ गतेबाट धन भावमा, शुक्र ४ गतेसम्म राशिमा र ५ गतेबाट धन भावमा, बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सन्तान भावमा । मंगल धन भावमा गोचर गरिहरेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गरिरहेको मंगल र सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरूलाई क्याच गर्न नसक्दा उपलब्धि हातबाट फुत्किनेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छात्ती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । सन्तान भावमा शनिको प्रतिकुल प्रभावले अध्ययनमा बाधा हुनेछ । सन्तानसँग मनमुटाब बढ्ने तथा छुट्टिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तर पनि बृहस्पति, बुध तथा शुक्रको अनुकूलताले बैक तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्नुहोला । साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखरता आउने तथा विशेष उपलब्धि हासिल हुनेछ । होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

धनु राशि हुनेहरूका लागि सूर्य राशिमा, बुध १३ गतेसम्म खर्च भावमा र १४ गतेबाट राशिमा, शुक्र ४ गतेसम्म खर्च भावमा र ५ गतेबाट राशिमा, बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा । मंगल राशिमा गोचर गरिहरेका छन् । धनु राशि हुनेहरूका लागी खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । शनिको अडैया दशाको प्रभावले समयमा काम सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप, टाउको दुखाई, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । घरजग्गा सम्बन्धी तथा पैतृक सम्पत्तिमा विवाद हुनेछ । तर पनि बुध, बृहस्पति र शुक्रको अनुकूल प्रभावले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानीमा वृद्धि गर्न सकिनेछ । विदेशी सामानको व्यापार, महंगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय उत्तम रहेको छ । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

मकर राशि हुनेहरूका लागि सूर्य खर्च भावमा, बुध १३ गतेसम्म लाभ भावमा र १४ गतेबाट खर्च भावमा, शुक्र ४ गतेसम्म लाभ भावमा र ५ गतेबाट खर्च  भावमा, बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा । मंगल खर्च भावमा गोचर गरिरहेका छन् । समय मिश्रित रहेकोले खर्चालु यात्रा हुन सक्छ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरूका लागी कठिनाइ तथा असजिलो परिस्थितिको सामना गर्नु पर्ने योग रहेको छ । आँखा, हड्डी तथा मुटु सम्बन्धी पुराना बिरामीहरूले ख्याल गर्नुहोला । आफन्त, घर परिवार तथा साथीभाइसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरूको सुझावलाई हुबहु लागु गरेर अगाडी बढे फाइदा हुने देखिन्छ । बृहस्पतिको प्रतिकुलताले ऋण, रोग तथा शत्रुको सामना गर्नु पर्नेछ । तर पनि विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । शिक्षा तथा कामको लागि लामो दुरीको विदेश यात्राको तय हुनेछ । लेखन कला तथा  साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरू भेटिनेछन् । बिलासी वस्तुको प्रयोग गर्न पाइने तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । शनिको अनुकूलताले सवारी साधनको खरिद बिक्री, कम्प्युटर पार्टस् तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

कुम्भ राशि हुनेहरूका लागि सूर्य लाभ भावमा, बुध १३ गतेसम्म राज्य भावमा र १४ गतेबाट लाभ भावमा, शुक्र ४ गतेसम्म राज्य भावमा र ५ गतेबाट लाभ  भावमा, बृहस्पति र शनि क्रमशः सन्तान भावमा र धन भावमा । मंगल लाभ भावमा गोचर गरिरहेका छन् । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने लामो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पैतृक धन तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । विपरीत लिङ्ग तथा साथी संगतले फाइदा हुने तथा बिलासी सामान प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरूले राज्यबाट लाभ तथा सम्मान पाउने समय रहेको छ । सरकारी जागिरमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । लामो समयदेखि थाती रहेका काम तथा मुद्दाहरू किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रशस्त धन तथा सम्पत्ति कमाउन सकिनेछ । घरजग्गा तथा  सवारी साधनको कारोबारबाट आम्दानी बढाउन सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ । तर पनि शनिको अन्त्य साढेशातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । धन भावमा राहुको गोचर र कष्ट भावमा केतुको गोचर प्रतिकुल हुनेछ । धन सम्पत्ति फस्ने र दुर्घटना हुने योग रहेकोले ध्यान दिनुहोला । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

मीन राशि हुनेहरूका लागी सूर्य राज्य भावमा, बुध १३ गतेसम्म भाग्य भावमा र १४ गतेबाट राज्य भावमा, शुक्र ४ गतेसम्म भाग्य भावमा र ५ गतेबाट राज्य भावमा, बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा भावमा । मंगल राज्य भावमा गोचर गरिरहेका छन् ।प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईँकै वर्चस्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरू समाजका पक्षमा हुनेछन् । योजना चुस्त रूपमा अगाडी बढ्नेछ भने चुनौतीका पर्खालहरू आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धीहरूलाई हराउन अलि बढी मेहनत गर्नुपर्नेछ । माया प्रेममा कहिले नजिक त कहिले टाढा हुने अवस्था रहे पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । भाग्य भावमा र राज्य भावमा गोचर गर्ने शुक्रले व्यापार व्यवसायमा मनग्गे नाफा कमाउन सकिनेछ भने विलासिताका सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । शनिको मध्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घ रोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब  सिर्जना नहोला भन्न सकिन्न । यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

- दुर्गा प्रसाद भण्डारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृती/धर्म