नेभिगेशन
कला/संस्कृती/धर्म

आफैले पढेको विद्यालयमा 'सरस्वती मन्दिर' निर्माण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१३, चौतारामा रहेको महेन्द्र माध्यमिक विद्यालय परिसरमा सरस्वतीको मन्दिर र मूर्ति स्थापना गरिएको छ । 

सोही विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका मुसिकोट नगरपालिका १३ चौतारा निवासी विजय केसीले आफ्नो व्यक्तिगत लगानीमा मन्दिर र मूर्ति निर्माण गर्नुभएको हो ।

हाल अमेरिकामा रहनुभएका केसीले आफैले अध्ययन गरेको विद्यालयमा विद्याकी देवी सरस्वतीको मन्दिर र मूर्ति निर्माण गरेको बताउनुभयो । आफूले ज्ञान आर्जन गरेको विद्यालय परिसरमा मन्दिर र मूर्ति स्थापना गर्न पाउँदा आफुलाई गर्व लागेको केसीले बताउनुभयो । 

मन्दिर निर्माता केसीका बुवा झकबीर केसीका अनुसार पाँच लाख भन्दा बढी रकमको लागतमा मन्दिर र मूर्ति निर्माण भएको हो । आज विद्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा विधिपूर्वक सरस्वतीको मूर्ति प्रतिस्थापन गरिएको छ । मूर्ति स्थापनासँगै पूजा–आराधना समेत गरिएको छ । 

WhatsApp-Image-2026-09-23-at-7.16.48-PM-1790178902.jpegविद्यालयका प्रधानाध्यापक झलक पुनले पूर्व विद्यार्थी विजय केसीको योगदानलाई शिक्षाप्रतिको माया, जन्मथलोप्रतिको आत्मीयता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा चित्रण गर्नुभयो। उहाँले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण भएपछि विद्यार्थीमा सकारात्मक संस्कारको विकास हुनुका साथै शैक्षिक वातावरण प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि बिद्यालयमा सरस्वतीको मन्दिर थिएन । 

आज भएको कार्यक्रममा मन्दिर निर्माताका बुवा र आमालाई विद्यालयको तर्फबाट सम्मान समेत गरिएको छ । सम्मान पत्र र दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गरिएको हो । 

मुसिकोट नगरपालिका १३ का वडा अध्यक्ष खलबहादुर खड्काले हाल परदेशमा रहेर पनि आफुले अध्ययन गरेको विद्यालयमा  मन्दिर निर्माण गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँका अनुसार केसीले सामाजिक उत्तरदायित्वको क्षेत्रमा नमूनायोग्य योगदान गर्नुभएको हो । 

WhatsApp-Image-2026-09-23-at-7.16.47-PM-1790178901.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृती/धर्म