नेभिगेशन
घटना/दुर्घटना

आठबिसकोटमा गाडी दुर्घटना, चालक गम्भिर घाईते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -६ डोलीतरामा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर चालक गम्भिर घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार दाङबाट डोल्पातर्फ अण्डा बोकेर जाँदै गरेको सिंगल क्याप गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

शनिबार बिहान लु २ च ७७०४ नम्बरको गाडी डोल्पा र रुकुम पश्चिमको सिमानानजिक डोलीतरा क्षेत्रमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर गाडी चालक दाङको दंगीशरण गाउँपालिका -५ निवासी सरोज बस्नेत घाईते हुनुभएको छ । गाडी भेरिकरिडोर सडकबाट करिब २५ मिटर तल भेरी नदीमा खसेको डिएसपी पौडेलले बताउनुभयो । 

दुर्घटनामा घाईते चालक बस्नेतको दायाँ हात र खुट्टामा चोट लागेको छ । घाइते बस्नेतलाई उपचारका लागि आठबिसकोट नगर अस्पतालमा ल्याईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना