नेभिगेशन
समाज

रातीको समयमा सानीभेरीबाट अवैध बालुवा निकाल्ने ६ सवारी साधन नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सानीभेरी नदिबाट अवैध रुपमा बालुवा उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । 

मुसिकोट नगरपालिका –२ लामितालस्थित सानीभेरी नदीबाट वालुवा निकालेर ओसारपसार गरिरहेको अवस्थामा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार आईतबार राति करिब १० बजे  अस्थायी प्रहरी पोष्ट छिन्खेतबाट खटिएको प्रहरी टोलीले  बालुवा उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा सवारीसाधन फेला पारेको हो ।

उहाँले घटनास्थलबाट एक वटा जेसीबी, चार  टिप्पर र एक ट्याक्टर नियन्त्रणमा लिएको बताउनुभयो । रा १ क ८२२ नम्वरको जेसिबी एक वटा, रा १ ख २०७८, रा १ ख २६४७, रा १ ख २०५० र लु २ ख ४४५९ नम्वरका चार ट्याक्टर र रा १ त ३४१७ नम्वरको एक वटा ट्याक्टर नियन्त्रणमा लिईएको हो । 

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि मुसिकोट नगरपालिकाको कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

fb604e80-7bfa-43c9-90c6-04f15640454e-1793616936.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज