नेभिगेशन
समाज

सिम्रुतुमा लागू औषध नियन्त्रण सम्बन्धी सचेतना 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -२ सिम्रुतुस्थित त्रिवेणी माध्यमिक विद्यालयमा लागु औषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा लागु औषध र यसले गर्ने हानी, कानूनी प्रावधान लगायतका बिषयमा सहजीकरण गरिएको छ । 

लागु औषधको उत्पादन, सेवन र बिक्रि वितरणलाई रोक्न सचेतना फैलाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । 

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी मान बहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरु, विद्यार्थीहरु, राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय बुद्धिजीवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । 

835952279_1413591207615047_6308485998490322336_n-1791465136.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज