नेभिगेशन
समाज

आठबिसकोटमा घरकै आँगनबाट एक बालिका बेपत्ता 

रुकुम पश्चिमको आठबिसकोटकी एक नाबालिका घरबाटै हराएकी छिन् । 

नगरपालिकाको वडा नम्वर ६ त्रिवेणीबाट एक बालिका हराएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार भदौ १६ गते दिउँसो करिब ४ बजेको समयपछि खडक बोहरा र झरना बोहराकी दुई बर्षीया छोरी निश्मा बोहरा हराएकी हुन् । त्रिवेणीमा रहेको हिमाल होटेलबाटै नाबालिका हराएकी हुन् । हराएका नाबालिका बुवाआमाले सञ्चालन गर्दै आएको होटेलबाट नाबालिका हराएकी हुन् । 

त्रिवेणी बजार डोल्पाबाट आउने सानीभेरी नदिको किनारमा रहेको छ । यहाँ करिब १५ वटा घर र सानो बजार रहेको छ । बजार नजिकैसम्म नदिको बहाव आएको छ । नाबालिकालाई नदिले बगाएको हुन सक्ने स्थानीयको शंका रहेको छ । 

प्रहरीले नाबालिका हराएको सूचना पाएपघि घटनास्थल पुगेर खोजी कार्य जारी राखेको छ । अभिभावक तथा परिवारका सदस्यहरु घरायसी काममै व्यस्त रहेको बेला नाबालिका एक्कासी बेपत्ता भएको बताईएको छ । 
परिवारका अनुसार नाबालिकाले रातो कपडा लगाएकी थिईन । उनको खोजीको लागि अनुरोध गरिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्