नेभिगेशन
समाज

मृत बच्चाकाे जन्मपछि मैकोटकी मन्दयाको अवस्था गम्भिर, हेलिकप्टरमार्फत उद्धार

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोट निवासी हिमाल कामीको श्रीमती ३२ वर्षीया मन्दया कामीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले दिनुभएको जानकारी अनुसार मैकोट स्वास्थ्य चौकीमा डेलिभरीको क्रममा उहाँको मृत बच्चा जन्मिएको र सालनाल अड्किएर अवस्था जटिल भएपछि शुक्रबार उहाँलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

तत्काल सुविधा सम्पन्न अस्पतालमा लिनुपर्ने भएपछि प्रशासन कार्यालयले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत निशुल्क रुपमा नेपाली सेनाको हेलिकप्टर व्यवस्था गरेर कर्णाली प्रादेशिक अस्पताल विरेन्द्रनगर सुर्खेत पठाईएको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्