नेभिगेशन
समाज

रुकुम पश्चिममा पहिरोमा परेर एक जनाको मृत्यु

रुकुम पश्चिममा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर १० मा आएको पहिरोमा परेर सोही वडाको सालघारी निवासी ५० वर्षाका धनबहादुर ओलिको मृत्यु भएको हो ।

घटनास्थलमा रहनु भएका स्थानीय नबिन खड्काले दिनुभएको जानकारी अनुसार बिहीबार बेलुकापख पेउघा पेदीखेत बजारबाट घरतर्फ जाने क्रममा भयराथानमा आएको पहिरोमा परेर उहाँको मृत्यु भएको हो ।

वैरागीठाटी नुवाकोट सडकखण्ड अन्तर्गत भएराथानमा पहिरो आएको हो । घटनास्थलमा प्रहरी जाँदै गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्