नेभिगेशन
समाज

चौरजहारीमा नाखिरा युवा क्लबको उद्घाटन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ का युवाहरु संगठित भएका छन् ।

युवाहरु संगठित भएर 'नाखिरा युवा क्लब' गठन गरेका छन् । विधिवत रुपमा क्लब गठन गरेर आज एक कार्यक्रमका बिच नगर प्रमखु पुष्प वादीले उद्घाटन गर्नुभएको छ । 

समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि योगदान दिन नाखिरा युवा कलब गठन गरिएको क्लबमा सचिव ज्ञानु आचार्यले जानकारी दिनुभयो । उहाँले विभिन्न खालका सेवामुलक कार्य गर्न, खेलकुद तथा अन्य गतिविधिहरु मार्फत युवाहरुको क्षमता विकास गर्न तथा सामाजिक योगदान दिनको लागि युवाहरु संगठित भएको जानकारी दिनुभयो । 

क्लबको अध्यक्षमा त्रिलोचन गिरी, उपाध्यक्षमा जयन्ती गोसाँई, सचिवमा ज्ञानु आचार्य, सहसचिवमा मोहन सुन्च्युरी, कोषाध्यक्षमा खुलस्त गिरी रहनु भएको छ । ११ सदस्यीय कार्यसमिति रहेको छ । सदस्यहरुमा केशव बहादुर सुनार, तुलाराम नेपाली, महेश गिरी, खड्गी सुनार, मिना महर र लक्ष्मी बिक रहनुभएको छ । 

चौरजहारी नगर प्रमुख पुष्प वादीकाे प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा वडा अध्यक्ष ईन्द्रे गिरी, निवर्तमान वडा अध्यक्ष भद्रबबहादुर बिष्ट, नेपाली काँग्रेसका जिल्ला सदस्य यदुकमाुर आचार्य लगायतको आतिथ्यता रहेको थियो । 

युवाहरु समाज परिवर्तनका संवाहक भएकोले सामाजिक चेत र जागरणसहित सक्रिय भएर कार्य गर्न अतिथिहरुले सुझाव दिनुभएको छ । 

WhatsApp-Image-2026-08-22-at-5.54.20-PM-1787409698.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्