नेभिगेशन
समाज

मुसिकोटको खानेपानी अध्यक्षमा गौतम चयन

रुकुम पश्चिमको मुसिकोट खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा महेन्द्र राज गौतम चयन हुनुभएको छ । 

शनिबार मुसिकोटमा सम्पन्न संस्थाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हो ।

निर्वाचन अधिकृत देवबहादुर ओलीका अनुसार संस्थाको उपाध्यक्षमा टेकबहादुर बस्नेत, सचिवमा जीवन खड्का र कोषाध्यक्षमा टेकबहादुर कुसारी निर्वाचित हुनुभएको छ । त्यस्तै खुला सदस्यतर्फ हरि बहादुर गिरी र मोहन रोका तथा महिला सदस्यमध्ये बालकुमारी गिरी, भारसी गुरुङ बुढा र मैन बुढा निर्विरोध निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृत ओलीले दिनुभएको जानकारी अनुसार सबै पदमा एकल उम्मेदवारी परेपछि उम्मेदवारहरूलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो। मुसिकोट खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थानीय उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको संस्था हो। पछिल्लो समय खलंगा क्षेत्रमा खानेपानीको माग र आपूर्तिबीच ठूलो अन्तर देखिँदै आएको छ।

नवनिर्वाचित कार्यसमितिले खानेपानीको नियमित आपूर्ति, स्रोत व्यवस्थापन तथा उपभोक्ताको सेवा सुधारमा प्रभावकारी भूमिका खेल्नुपर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्