नेभिगेशन
समाज

कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा मुसिकोटमा वृक्षारोपण

कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । 

बिहिबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ३ पिपलनेटास्थित शिक्षा विकास तथा समन्वय इकाईको परिसरमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख बसन्तबाबु श्रेष्ठका अनुसार इकाई परिसरमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बि.क, प्रमुख जिल्ला अधिकारी निशान राज गौतम, प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणा, जिल्ला समन्वय अधिकारी मेघराज सोनी लगायतको सहभागीता रहेको थियो । 

डिभिजनल वन अधिकृत श्रेष्ठका अनुसार कपुर, कल्की फुल, वीरेन्द्र फूल, गोल्ड मोहोर, पारीजात, मयुरपंखी लगायतका सदाबहार सौन्दर्यमूलक प्रजातिका विरुवाहरु रोपिएको हो । 

यस अवसरमा कर्णाली प्रदेश स्थापनाको क्रममा प्राण आहुती गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो । 

781169842_1054481070880816_7123783822565414987_n-1787225033.jpg

778231353_1054481414214115_2088225225226082803_n-1787225032.jpg

775547145_1054481564214100_4880639391184880414_n-1787225030.jpg

775547145_1054481667547423_5036118480851213051_n-1787225028.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज