नेभिगेशन
समाज

रुकुम पश्चिममा चालु ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ साउन ६ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदीस्थित वडा कार्यालयको गेट नजिक कर्णबहादुर खत्री र नौले खत्रीले स्थानीय धनबहादुर बुढामाथि ज्यान मार्ने उद्देश्यले धारिलो ढुंगाले टाउको तथा निधारमा पटक–पटक प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनापछि दुवै जना फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार फरार प्रतिवादीमध्ये आठबिसकोट नगरपालिका–३ पाटागाउँ निवासी ३५ वर्षीय नौले खत्रीलाई इलाका प्रहरी कार्यालय आठबिसकोट रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले २०८३ साल भदौ २ गते आठबिसकोट नगरपालिका–३ पाटागाउँबाट पक्राउ गरेको हो।

पक्राउ परेका खत्रीलाई जिल्ला अदालत रुकुम पश्चिमबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक परियारले जनाउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्