नेभिगेशन
समाज

पहिचान नखुलेको शव गन्हाउन थालेपछि मुग्लुखोलामा अन्त्येष्टी

रुकुम पश्चिमस्थित भेरीनदि किनारमा फेला परेको शव पहिचान नभएपछि व्यवस्थापन गरिएको छ । 

गत साउन ३० गतेका दिन सानीभेरी गाउँपालिका १ को भेरी दोभानस्थित भेरीनदि किनामा फेला परेको शव आज मुसिकोट नगरपालिका ३ माछिमीस्थित मुग्लुखोलामा अन्त्येष्टी गरिएको हो ।

मुसिकोट नगरपालिकाका नगर प्रहरी  सहायक निरीक्षक उमेश के.सी.का अनुसार नामथर, वतन नखुलेको अन्दाजी ३० वर्षको पुरुष व्यक्तिको शव आवश्यक प्रक्रिया पुरा गरेर आज व्यवस्थापन गरिएको हो । 

भेरी किनारमा फेला परेको उक्त शव पहिचानका लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको थियो । प्रहरीले विभिन्न स्थानमा हुलिया परिपत्र, सार्वजनिक सूचना जारी गर्दा पनि सनाखत हुन सकेको थिएन ।

शव गृहमा राखिएको उक्त शव सडेर त्यस आसपासमा दुर्गन्ध समेत फैलिएपछि शव पोष्टमार्टम गरेर आवश्यक मुचुल्का समेत तयार गरी मुग्लुखोलामा ब्यवस्थापन गरिएको नगर प्रहरी ईन्चार्ज केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्