नेभिगेशन
समाज

बागखोरमा पहिरोले चार परिवार बिस्थापित, मुसिकोटले दियो राहत

लगातारको वर्षाको कारण आएको पहिरोले रुकुम पश्चिमको मुसिकोटका चार परिवार बिस्थापित भएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर १४ बागखोर र घट्टेखोलाका चार परिवार बिस्थापित भएका हुन्  ।

मंगलबार आएको पहिरोले स्थानीय कृपाराम बिष्टको घर पूर्ण रुपमा क्षति भएको थियो भने अन्य तीन घर जोखिममा रहेका थिए । उच्च जोखिममा रहेका बागखोरका कृपाराम खड्का, लालबहादुर खड्का, शेरबहादुर खड्का र घट्टेखोलाका रिमबहादुर बिष्टको परिवार बिस्थापित भएको मुसिकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुनले जानकारी दिनुभयो । 

777299352_1038705435821323_3684462647214793163_n-1787131515.jpgउहाँका अनुसार ती परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेर आफन्तको बस्ने व्यवस्था मिलाईएको छ । घर तथा बस्ति जोखिम रहेको स्थानमा नगर उपप्रमुख पुन, प्रमुख जिल्ला अधिकारी निशान राज गौतम लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्षले स्थलगत अनुगमन समेत गर्नुभएको छ । 

यस क्रममा घर पूर्ण क्षति भएका कृपाराम र रिमबहादरको परिवारलाई राहत सामाग्रीको समेत वितरण गरिएको छ । उहाँहरुलाई त्रिपाल, चामल, दाल र तेल हस्तान्तरण गरिएको हो । 

776627909_1038705642487969_6844856884266832816_n-1787131518.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्