नेभिगेशन
समाज

रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु 

रुकुम पश्चिममा बिषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । 

गएराती मुसिकोट नगरपालिका ७ झारीगाउँ बस्ने शेर बहादुर घर्तीका १३ वर्षीय छोरा हेमन्त घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार बेलुका आफ्नै घरको भुँई कोठामा खाना खाई सुतेको र रातीको समयमा बालकलाई सर्पले टोकेको बताउनुभयो ।

बालकका बुवा र आमाले कालो रंगको सर्पले बालकको टाँउको र गालाको दायाँतर्फको भागमा टोकेको बताउनुभएको छ । प्रहरीले थप विवरण संकलन भईरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्