नेभिगेशन
समाज

पहिरोको जोखिममा सेरीगाउँको नयाँबस्ती

तीन घर उच्च जोखिममा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ सेरीगाउँस्थित नयाँ बस्ती पहिरोको जोखिममा रहेको छ । 

आईतबार बिहान सेरीगाउँमा गएको पहिरोको कारण नयाँबस्तीमा रहेका तीन घर भने पहिरोको उच्च जोखिममा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार स्थानीय बनिता मल्ल, हरिबहादुर सुनार र हेमबहादुर पाण्डेको घर पहिराको उच्च जोखिममा रहेका छन् । 

बनिताको २ तले ८ कोठे पक्कि घर, हरिबहादुरको १ तले २ कोठे टिनले छाएको र हेमबहादुरको २ तले ६ कोठे टिनले छाएको घर पहिरोको जोखिममा रहेका छन् । नयाँबस्तीमा करिब १५ घर रहेका छन् । 

जोखिममा रहेका घरहरुबाट मानिसहरु र घरभित्र रहेका सामानहरूलाई सुरक्षित स्थानमा राख्ने कार्य भई रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्