नेभिगेशन
समाज

सेरीगाउँमा पहिरो जाँदा वर्कसप पुरियो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ सेरीगाउँमा पहिरो जाँदा एउटा वर्कसप पुरिएको छ । आईतबार बिहान गएको सुख्खा पहिराले युग ईन्जिनियरिंग वर्कसप पुरिएको हो । 

मुसिकोट नगर प्रहरी ईन्चार्ज उमेश केसीका अनुसार धनबहादुर बिकले सञ्चालन गर्नुभएको वर्कसप पहिरोले पुरेको हो ।

उहाँका अनुसार पहिरोले ग्यारेजमा राखिएका एक वटा मिक्चर मेसिन, रोलर, दुईवटा ट्याक्टर, ग्रेडर मेसिन, जेनेरेटर लगायतका सामाग्रीमा क्षति पुगेको छ । यसका साथै ग्यारेजमा राखिएका अन्य मत्वपूर्ण सामाग्रीहरु समेत पुरिएका छन् ।

पहिरोले कुनै पनि मानविय क्षति भने भएको छैन । पहिरोले गर्दा माथिल्लो भागमा रहेको तीन घर उच्च जोखिममा रहेको छ । 

घटनास्थलमा नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासी लगायतको टोलीले उद्धारको कार्य गरिरहेको छ । पहिरोले भएको क्षतिको पुरा विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्