नेभिगेशन
समाज

भेरिनदी किनारमा एक पुरुषकाे शव फेला 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ भेरी दोभानस्थित सानीभेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो फेला परेको उक्त शवको पहिचान हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार नदिको किनारमा नाम, थर र ठेगाना नखुलेको अन्दाजी ३० वर्षको पुरुषको शव फेला परेको हो । 

स्थानीयले शव भेटिएको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले शवको सनाखतको लागि आफन्तहरुको खोजी गर्दा तत्काल सनाखत हुन नसकेको जनाएको छ । 

प्रहरीेले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेर शव परिक्षणको लागि जिल्ला अस्पतालको शव गृहमा ल्याएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्