नेभिगेशन
समाज

रुकुम पूर्वमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु दुई घाईते

रुकुम पूर्वमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । 

मंगलबार साँझ साढे पाँच बजेको समयमा भूमे गाउँपालिका ६ कन्तिगानेस्थित महतको सिमखोला भित्रि सडकमा गिट्टि बालुवाको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वकाका अनुसार मृत्यु हुनेमा भूमे गाउँपालिका ६ निवासी ५० वर्षीय दलखम्ब बुढा रहनुभएको छ । बुढालाई उपचारका लागि अस्पताल पुर्याए लगतै मृत्यु भएको बताइएको छ ।

यसैगरी घाइते हुनेहरुमा र सोही गाउँका ५१ वर्षीय सम्पूर्ण बुढा र ३० बर्षिय चिन्तामणि बुढा रहनुभएको छ । प्रहरीका अनुसार सडकको भित्तामा गिट्टीबालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले उहाँहरुलाई पुरेको थियो । घाइतेहरुको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

घटनाको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हिमराज बिक र अस्थायी प्रहरी पोष्ट महतबाट प्रहरी सहायक निरीक्षक तुलसीराम चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले घाईतेहरुको उद्धार र गरेर उपचारको लागि जिल्ला अस्पताल ल्याएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज