नेभिगेशन
घटना/दुर्घटना

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाईते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका १० मा शनिबार साँझ जन्ती बोकेको लु.प्र. ००१ प ०२७१ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर केसीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बनगाड कुपिण्डे–८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जिप वडा नम्बर–१० धाइरेमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनालाई उपचारका लागि सल्यान अस्पताल पुर्‍याइएको छ भने अन्य ११ जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्