नेभिगेशन
राष्ट्रिय

रुकुम पश्चिममा निर्वाचनका लागि ८४६ कर्मचारी परिचालन (विवरणसहित)

यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा ८४६ जना कर्मचारी खटिने भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा कायम गरिएका ७६ मतदान स्थलका १४० मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रमा ८४६ जना कर्मचारीको जनशक्ति खटिने जनाएको हो ।  

कार्यालयले सार्वजनिक गरेको मतदान केन्द्रमा खटिने जनशक्तिको विवरण अनुसार एक वटा मतदान केन्द्रमा ६ जनाको दरले कर्मचारी व्यवस्थापन गरिएको छ । जहाँ एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् । अस्थायी मतदान केन्द्रमा भने तीन जनाको दरले कर्मचारी खटिने व्यवस्था गरिएको छ । रुकुम पश्चिममा कायम गरिएका दुई वटा अस्थायी मतदान केन्द्रमा ६ जना कर्मचारी खटाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरले प्रतिनिधि सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन)  निर्देशिका, २०८२ को दफा १७ बमोजिमको जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समितिबाट प्राप्त विवरणको आधारमा कर्मचारी खटाईएको जानकारी दिनुभयो । 

को कर्मचारी कहाँ ? हेनुहोस् विवरण :

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय