नेभिगेशन
समाज

मुनलाइटको २१औ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न (तस्बिरहरु)

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ स्थित श्री न्यु मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक भेला–२०८२ भव्य रुपमा सम्पन्न गरेको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गर्दै मुनलाइटले बार्षिकोत्सव मनाएको हो । 

बिहिबार भएको औपचारिक कार्यक्रममा स्कुलका प्रिन्सिपल खड्कबहादुर कुँवरले विद्यालयका स्थापनाको चरण, संघर्ष र वर्तमानको अवस्था बारेमा जानकारी दिनुभयो । उहाँले मूनलाईट स्कुल विभिन्न ज्यालाहरुको साक्षि बनेको र २१ वर्षसम्म् गौरवपूर्ण यात्रा बनेको उल्लेख गर्नुभयो । 

फागुन १ गते शैक्षिक प्रदर्शनी तथा खाद्य मेलाबाट औपचारिक रूपमा बार्षिकोत्सव बिशेष कार्यक्रम सुरु गरिएको थियो । फागुन ३ देखि ६ गतेसम्म विद्यार्थीहरूको सक्रिय सहभागितामा विविध सांस्कृतिक, खेलकुद तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न भएका थिए।

६ गते अभिभावक र शिक्षकबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताले विद्यालय र समुदायबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनायो। फागुन ७ गते खलंगामा विशेष समारोहसहित उत्सव समापन गरिएको हो। मुसिकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुनले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

वि.सं. २०६१ सालमा पाँच जना संस्थापकद्वारा १२७ विद्यार्थी र ७ शिक्षकसहित सुरु गरिएको यो विद्यालय आज दुई शाखामा फैलिँदै १५०० भन्दा बढी विद्यार्थीहरूको भविष्य निर्माण गरिरहेको न्यु मूनलाट प्रा.लि. का अध्यक्ष नन्दराम श्रेष्ठले जानकारी दिनुभयो ।

सुरुमा बागबजारबाट सुरु भएको शैक्षिक यात्रा कालिकास्थान हुँदै हाल सेरिगाउँस्थित आफ्नै भवनमा पुगेको रहेको र खलंगामा ‘मुसिकोट एकेडेमी’ नामबाट शाखा सञ्चालन भइरहेको उहाँले जनाउनुभयो । हाल ८३ भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिँदै विद्यालयले शिक्षा मात्र होइन, रोजगारीको अवसर पनि सिर्जना गरिरहेको उहाँको भनाइ छ।

कार्यक्रम सहायक प्रधानाध्यापक शरद गौतमको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको संचालन बिद्यालयका प्रधानाध्यापक खड्कबहादुर कुँवर गर्नु भएको थियो। कार्यक्रममा उपप्रमुख बिमल कुमार पुन, वडा अध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शेयर सदस्य, शिक्षक, अभिभावक, पत्रकार तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

638407963_940019188500245_1643557073116986153_n-1771568516.jpg

Munlight-1771568522.jpg

640176956_940017635167067_3436114351704982018_n-1771568520.jpg

639161108_940017998500364_6463119457732920732_n-1771568519.jpg

638094458_940017105167120_3964834833594170605_n-1771568516.jpg

638001995_940018945166936_8537676634909993916_n-1771568512.jpg

638066141_940018988500265_2788963160893093579_n-1771568513.jpg

637902111_940018308500333_7568539328145545923_n-1771568510.jpg

636727703_940017168500447_3241457378208708016_n-1771568499.jpg

637684700_940017711833726_7518205275267238678_n-1771568505.jpg

637434074_940019151833582_4287146706576528250_n-1771568506.jpg

637731264_940018861833611_7468896809562221065_n-1771568510.jpg

637364323_940017755167055_3376153390131212924_n-1771568499.jpg

634738966_940019215166909_2437359532492759748_n-1771568496.jpg

634683164_940017928500371_6974431635032577047_n-1771568497.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्