नेभिगेशन
राष्ट्रिय

रुकुम पश्चिममा निर्वाचन प्रहरीका लागि माग भन्दा बढी आवेदन, आज देखि छनौट सुरु

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि रुकुम पश्चिममा माग गरिएका निर्वाचन प्रहरीमा तोकिएको कोटा भन्दा बढी आवेदन परेको छ ।  

निर्वाचन सुरक्षार्थ आह्वान गरेका निर्वाचन प्रहरी छनौटको काम आजदेखि सुरु भएको छ । निर्वाचन प्रहरी भर्ना छनौट उप समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओलीका अनुसार ९४९ जनाको माग रहेकोमा एक हजार ४२० जनाको आवेदन परेको छ । 

जिल्ला प्रहरी कार्यालयमा एक हजार ३०२ र सशस्त्र प्रहरी नं. ४७ गुल्म हे.क्वा.मा ११८ जनाले दरखास्त दिएको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा ८५३ र सशस्त्र प्रहरी नं. ४७ गुल्म हे.क्वा.मा ९६ जना निर्वाचन प्रहरीको लागि माग रहेको थियो । 

आज देखि दुबैतर्फ परेका आवेदन दिएका उम्मेदवारहरूको प्रारम्भिक शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षा सुरु भएको छ । माघ ९ गतेसम्म छनौटको काम सञ्चालन हुने बताईएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय