नेभिगेशन
राष्ट्रिय

चौरजहारी एयरपोर्ट नजिकमा 'बम' फेला

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ एयरपोर्टमा विस्फोटक पदार्थ (बम) फेला परेको छ। 

आज शुक्रवार बेलुका चौरजहारी विमानस्थल नजिकै स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउन्डको वाल लगाउन जग खन्ने क्रममा बम फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार स्थानीयले विस्फोटक पदार्थ रहेको भनेर प्रहरीलाई सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। 

घटनास्थलमा विस्फोटक पदार्थ (सकेट बम) जस्तो शङ्कास्पद वस्तु रहेको प्रहरीले जनाएको छ। 

बम डिस्पोजलका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताइएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय