नेभिगेशन
समाज

सानीभेरीको हाँसुमा परिवर्तनशिल युवा क्लबले बनायो खेलमैदान 

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्वर ५ हाँसुमा कोटखाली खेलमैदान निर्माण गरिएको छ । 

स्थानीय परिवर्तनशिल युवा क्लबको व्यवस्थापनमा उक्त खेलमैदान तयार भएको हो । क्लबका अध्यक्ष अजय बस्नेतका अनुसार ८० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको उक्त खेलमैदान विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण गरिएको हो । 

यस स्थानमा परम्परागत कोटखाली मेला लाग्ने गर्दछ । स्थान अभावको कारण सोहि वडाको बालहित आधारभूत विद्यालय हाँसुमा लाग्ने उक्त मेला र मेलाको अवसरमा हुने विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गर्न अब सहज हुने क्लबका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यस वर्ष डिग्रे पुर्णिमाको अवसर आयोजना गरिएको भलिबल प्रतियोगितामा बचत भएको रकमबाट मैदान बनाईएको हो । अध्यक्ष बस्नेतले स्वदेस तथा विदेशमा रहनुहुने विभिन्न व्यक्तिहरुले खेलकुदमा आर्थिक सहयोग गर्नुभएको  र क्लबले सहि व्यवस्थापन गर्दा  एक लाख रकम बचत हुन गएको थियो ।

सोहि रकमबाट जेसिबि मेसिन लगाएर खेलमैदान बनाईएको हो ।  उहाँले खेलमैदानको चारैतिर घेराबार आवश्यक रहेको जनाउनुभयो । 

cb0b4ace-c963-4a14-a541-f4239dda6cee-1765360512.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज