नेभिगेशन
समाज

झारमारेमा भएको गाडी दुर्घटनाका मृतक परिवार र घाईतेलाई १३ लाख ६१ हजार राहत हस्तान्तरण 

गत कात्तिक ७ गतेका दिन रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा भएको गाडी दुर्घटनाका मृतकका परिवार र घाइतेहरुलाई राहत प्रदान गरिएको छ । दुर्घटनामा परेर मृत्यु भएका आठ जनाको परिवार र घाईते १० जनालाई शुक्रबार राहत प्रदान गरिएको हो । 

सहयोग संकलन कार्यमा अगुवाई गर्नुभएका प्रकाश सिंह विश्वकर्माका अनुसार आठबिसकोट नगरपालिका वडा नम्वर १ र २ स्यालाखदी घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहनुभएका सहयोगीदाताहरुले संकलन गरेको रकम दुर्घटना प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो । उहाँका अनुसार संकलन भएको १३ लाख ६१ हजार ९६२ रुपियाँ मध्य १३ लाख ६१ हजार २५० रुपियाँ प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो भने ७१२ रुपियाँ बचत भएको छ । 

दुर्घटनामा परेर मृत्यु भएका आठबिसकोट नगरपालिका ३ निवासी कमला ओली, आठबिसकोट नगरपालिका १ का टेकजंग बुढा, दिलमाया बुढा, कल्पना नेपाल, सर्मिला बिक, आठबिसकोट नगरपालिका २ का मनिका ओली, सबिता वि.क. र गोपाल ओलीको परिवारलाई ९२ हजार पाँच सय रुपियाँका दरले सात लाख ९४ हजार रुपियाँ हस्तान्तरण गरिएको छ । 

त्यसैगरी दुर्घटनामा परेर गम्भिर घाईते हुनुभएका जुना बुढालाई ९२ हजार पाँच सय र घाइतेहरु (प्रथम श्रेणी) का सविता बिक, शान्ति बुढा, सृजना बुढा, टेकजङ बुढा (चालक) लाई जनही ७० हजार पाँच सयका दरले रकम उपलब्ध गराईएको छ ।

त्यसैगरी घाइतेहरु (दोस्रो श्रेणीका मनिशा थापा र र सपना नेपाललाई ५५ हजार पाँच सयका दरले रकम हस्तान्तरण गरिएको छ भने घाइतेहरु (तेस्रो श्रेणी) का महिमा वलि, अन्जना यरी र सङ्गिता बुढालाई ४५ हजार २५० को दरले राहत रकम उपलब्ध गराईएको छ । 

उक्त रकम राहत संकलन कार्यमा सहजीकरण गर्नुभएका खिममान घर्ती, यज्ञ थापा लगाएतको उपस्थितिमा प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो । 

आठबिसकोट नगरपालिकाले पनि उक्त दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई प्रति परिवार २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । मंसिर १३ गतेका दिन बसेको १११ औँ नगरकार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्