नेभिगेशन
समाज

चौरजहारीमा बढी राजश्व सङ्कलन गर्ने कर्मचारी सम्मानित

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले चालु आर्थिक वर्ष ०८२/०८३ को प्रथम चौमासिकमा सबैभन्दा बढी राजश्व संकलन गर्ने कर्मचारीलाई सम्मान गरेको छ । 

मंगलबार नगरपालिकामा भएको प्रथम चौमासिकको प्रगति समिक्षा कार्यक्रममा वडा नम्वर १० का वडा सचिव विकास ओलीलाई सम्मान गरिएको हो । 

‎चालु वर्षको प्रथम चौमासिकमा निर्धारित लक्ष्यमा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने कर्मचारीको रुपमा वडा सचिवको जिम्मेवारीमा कार्यरत ओलीलाई सम्मान गरिएको  चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

‎उहाँले निर्धारित वार्षिक लक्ष्यमा ४६.४३ प्रतिशत प्रगति गरी हालसम्म सबैभन्दा बढी आन्तरिक राजश्व सङ्कलन गर्ने उत्कृष्ट  कर्मचारी बन्नु भएको ढकालले जनाउनभयो । ‎उहाँले यस अवधिमा दुई लाख एक हजार ५९९ रुपियाँ राजश्व संकलन गर्न सफल हुनुभएको हो ।

मुसिकोट नगरपालिका १४ निवासी ओली स्थानीय तहको पाँचौं तहमा कार्यरत हुनुहुन्छ ।

वडा सचिव ओलीलाई नगर प्रमुख पुष्प वादी, उप प्रमुख ईश्वरी शर्मा बिएम, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल लगायतले खादा, डायरी र अबिरसहित सम्मान गर्नुभएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्