नेभिगेशन
समाज

जहारी क्याम्पस प्रमुखका एक मात्र छोरा सम्राटको पाँचखालमा मृत्यु

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ निवासी एक किशोरको काभ्रेको पाँचखालस्थित झरनामा लडेर मृत्यु भएको छ । 

चौरजहारी नगरपालिका ११ स्थित जहारी क्याम्पसका प्रमुख शेरबहादुर डाँगीका एक मात्र छोरा १९ वर्षीय सम्राट डाङ्गीको शनिबार मृत्यु भएको हो । 

सम्राटका मामा महेश केसीका अनुसार अध्ययनको लागि काठमाडौंमा रहेका भान्जको अप्रत्याशित मृत्युको दुखद खबर प्राप्त भएपछि आफन्जनहरु काठमाडौ पुग्नुभएको छ ।  

सम्राट भिएस निकेतन कलेजमा अध्ययन गर्दै आएका थिए । शनिबार साथीहरुसँग घुमफिरको लागि पाँचखालमा रहेको एक झरनामा फोटो खिच्ने क्रममा लडेर मृत्यु भएको बताईएको छ। घटनास्थल पुगेपछि खास कुरा यकिन हुने केसीले जनाउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज