नेभिगेशन
समाज

चेलीबेटी बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा रुकुमका एक युवा पक्राउ

चेलीबेटी बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा प्रहरीले सीमा नाका कृष्णनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ बस्ने २३ वर्षीय अर्जुन रोका रहेको प्रहरीले जनाएको छ।

नेपालमै कामकाज लगाइदिन्छु भन्ने प्रलोभन दिई झुक्याएर भारत लगी बेचबिखन गरी आर्थिक लाभ लिने उद्देश्यले एक नाबालिकालाई सीमा नाका कटाउँदै गर्दा रोकालाई पक्राउ गरिएको हो।

नाबालिका ओसारपोसार तथा बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले कृष्णनगर नाकाबाट रोकालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयाे।

पक्राउ परेका रोकालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज