नेभिगेशन
समाज

भूतपुर्व सैनिक संघद्वारा गणपति श्रेष्ठलाई सम्मान

रुकुम पश्चिमको सल्लेस्थित चण्डिदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठलाई चाैरजहारीमा स्वागत तथा सम्मान गरिएको छ । 

नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघ रुकुम पश्चिमले चौरजहारी नगरपालिका १ मा रहेको संघको कार्यालयमा गणपति श्रेष्ठलाई स्वागत गर्नुका साथै सम्मान गरेको हो । संघका सचिव जनक लामिछानेले गणपति श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुका साथै खादा, फूलमाला र अबिर लगएर सम्मान गरिएको जनाउनुभयाे । 

सचिव लामिछानेका अनुसार गत कात्तिक ११ गते सल्लेस्थित गणमा नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघ रुकुम पश्चिम बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको बेला ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने र संघको कार्यालय सञ्चालनको लागि भौतिक सामाग्री सहयोग गर्ने बताईएको थियो । 

सोहि अनुसार गणको तर्फबाट संघलाई १० थान प्लास्टिक कुर्सी, पाँच वटा टेबलहरु हस्तान्तरण गरिएको छ भने आज शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । सोहि अवसरमा संघको कार्यालयमा प्रमुख सेनानी श्रेष्ठलाई स्वागत तथा सम्मान गरिएको हो । 

764ce132-7379-4e12-840e-f3288bddedd8-1762447243.jpgकार्यक्रममा संघका सचिव जनक लामिछानेले भूतपुर्व सैनिक संघको सक्षिप्त परिचय  र यसका उद्धेश्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका सभापति एवम् संघका अध्यक्ष प्रताप बिष्टले गणले गरेको सहयोग प्रती धन्यबाद दिनुका साथै सेवामुलक कार्यहरुलाई निरन्तर दिई आपसी सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । 

577758928_2251718255335005_5270931747984081685_n-1762447241.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू