नेभिगेशन
समाज

चौरजहारीमा नेपाली सेनाको स्वास्थ्य शिविर सम्पन्न 

रुकुम पश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले चौरजहारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

बिहिबार चौरजहारी नगरपालिका २ मा भएको एक दिने शिविरबाट ३०४ जनाको स्वास्थ्य परिक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको छ । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा चौरजहारी नगरपालिका, जिल्ला अस्पताल रुकुम पश्चिम र साझा मुराल अस्पताल रुकुम पश्चिमको सहयोगमा शिविर सम्पन्न गरेको जनाएको छ । 

चण्डीदल गण रुकुम पश्चिमका अनुसार शिविरबाट २१६ जना महिला र ८८ जना पुरुषले सेवा लिएका छन् ।

जसमध्य २३ जना भूतपूर्व सैनिक, १२ जना बहालवाला सैनिक, २६८ जना सर्वसाधारण तथा सैनिकका आफन्तजन र एक जना प्रहरी रहेका छन् । शिविरबाट स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको थियो । 

health-sibir-(7)-1762444852.jpgगाउँमै शिविर मार्फत निःशुल्क सेवा पाउँदा यहाँ सर्वसाधारणहरु खुसी भएका छन् । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको बताउनुभयो ।

उहाँले चिकित्सकसहितको टोलीबाट भएको निःशुल्क स्वास्थ्य जाँच र औषधि समेतको व्यवस्थाबाट सर्वसाधारणहरुमा ठुलो राहत भएको उल्लेख गर्नुभयो । यस खालका शिविरहरु अझै दुर्गम र ग्रामीण क्षेत्रमा अत्यावश्यक रहेको उहाँको भनाइ छ । 

health-sibir-(6)-1762444851.jpgश्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा. भण्डारी, डा. दिपक पुन लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।

चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न शिविरमा, सेनानी प्रमोद थापा लगायतको उपस्थिति रहेको थियो । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रुकुम पशिचमले शिविरको व्यवस्थापनमा सहयोग गरेको थियो । 

health-sibir-(5)-1762445098.jpg

health-sibir-(4)-1762445097.jpg

health-sibir-(2)-1762445015.jpg

health-sibir-(3)-1762444845.jpg

health-sibir-(1)-1762444841.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू