नेभिगेशन
समाज

रुकुमका पत्रकारहरुलाई आँखा स्वास्थ्य सम्बन्धि तालिम

  • सौगात गौतम

रुकुम पश्चिमका क्रियाशिल पत्रकारहरुलाई आँखा स्वास्थ्य सम्बन्धि तालिम दिईएको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गत राप्ती आँखा अस्पताल दाङद्वारा सञ्चालित आँखा स्वास्थ्य कार्यक्रमले पत्रकारका लागि आधारभूत आँखा स्वास्थ्य प्रशिक्षण सम्पन्न गरेको हो । 

सञ्चार क्षेत्र जनचेतनाको प्रभावकारी माध्याम भएकोले पत्रकारहरुलाईलक्षित गरेर तालिम सञ्चालन गरिएको तालिमका सहजकर्ता एवम् नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रमका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो । उहाँले पत्रकारलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्न अत्यावश्यक रहेको बताउनुभयो । 

आँखा रोग र उपचारबारे जनचेतना फैलाउन सञ्चारकर्मीहरुको समेत महतव्पूर्ण भूमिका रहेको उहाँको भनाइ छ । तालिममा आँखा रोगका लक्षण, कारण र रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो ।

राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा नर्वे सरकार, एटलस एलायन्स र द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्टियली साइटेडको आर्थिक सहयोगमा  प्रशिक्षण सम्पन्न गरिएको हो । नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा रुकुम पश्चिमको होटल एसियनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसी, रुकुम पश्चिम शाखा अध्यक्ष गोपाल प्रसाद रेग्मी, सर्जिकल आँखा उपचार केन्द्रका प्रमुख धन बहादुर केसी, जिल्लाका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकार लगायतके सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू