नेभिगेशन
कला/संस्कृती/धर्म

चित्रिपाटन चिनाउन साहसिक ट्रेल म्याराथन प्रतियोगिता, ओली उत्पत्तिस्थलमा प्रवेशद्वार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको नेपालकै प्रमुख १०० उत्कृष्ट गन्तव्य मध्येको एक चित्रिपाटनलाई लक्षित गरी प्रथम चित्रिपाटन साहसिक ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न गरिएको छ । 

प्रथम चित्रिपाटन साहसिक ट्रेल म्याराथन प्रतियोगिता समितिका अध्यक्ष महेश सीका अन्ुसार प्रतियोगितामा ५७ जना धावकहरू सहभागी रहेका थिए । उहाँका अनुसार प्रतियोगितामा सोलुखुम्बुका अर्जुन कुलुङ राईले ३ घण्टा ४६ मिनेटमा दौड सम्पन्न गरेर प्रथम, रोल्पाका मनकुमार रोका मगरले ३ घण्टा ४७ मिनेटमा दौड सम्पन्न गरेर दोस्रो र रुकुम पश्चिमका दुर्गाराज बुढाले ४ घण्टा १४ मिनेटमा दौड सम्पन्न गरी तेस्रो स्थान ल्याउन सफल हुनुभएको छ ।

म्याराथनमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने धावकहरुलाई क्रमशः लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ । यसैगरी चौथोदेखि दशौँ स्थानसम्मका क्रमशः पन्चराम बुढा, शक्तिराम रोका, एक्कराज बुढा, हरि बस्नेत, पवन बिष्ट, सुमन थापा, अशोक शाही र बलदेव बिष्टले जनही पाँच पाँच हजार रुपियाँ प्राप्त गर्नुभएको छ । 

574542322_2680937835573404_8470312596200045686_n-1762359943.jpgउक्त प्रतियोगिता आठबीसकोट नगरपालिकाको वडा नम्बर ४ को चौतारादेखि सुरु भएर वडा नम्बर ५ को नयाँ डाँडा हुँदै कागमारे, चरीपोल्ने ओढार, धजा हाल्ने, जुकाफाल्ने ढुङ्गा,  धतुरोहाल्ने, मसिनाधुरी हुँदै समुन्द्री सतहदेखि करिब ४१०० मिटर उचाइमा अवस्थित तेर्छाकुलामा रहेको चित्रलेखी मन्दिरसम्म पुगेर बुराउँसे लेक हुँदै चौतारा झरेर दौड सम्पन्न भएको थियो । 

नगरपालिकाको वडा नम्बर २ ,४, ५ र ६ मा रहेको चित्रीपाटनलाई चिनाउन आयोजना गरिएको उक्त म्याराथन प्रतियोगिताको आयोजक आठबीसकोट नगरपालिका रहेको थियो भने सहआयोजक चित्रलेखी फाउन्डेसन नेपाल र प्रचार प्रसार कोअर्डिनेटर सिस्ने ट्रेल समिति रहेको थियो । 

ओली उत्पत्तिस्थलमा प्रवेशद्वार

576681235_2680940108906510_1423189068035843547_n-1762359943.jpg
म्याराथन प्रतियोगिताका अतिरिक्त आठबीसकोट नगरपालिका वडा नम्वर ५ मा चित्रलेखी फाउन्डेसन नेपालले निर्माण गरेको वलीको उत्पत्तिस्थल चित्रीपाटन शिव सामासिद्ध पर्यटकीय प्रवेशद्वारको उद्घाटन सम्पन्न भएको छ । उक्त कार्यक्रममा ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष हरिबहादुर वली, नेपाल प्रहरीका पूर्व एसएसपी वीरबहादुर वली, ओली वंश समन्वय समिति रुकुम शाखाका अध्यक्ष कर्णबहादुर वलीसहित ११ जिल्लाका १०० भन्दा बढी वलीहरूको उपस्थिति रहेको थियो ।

यसका साथै आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसी, उप प्रमुख धनकुमारी शाही, वडा नम्वर ४ का वडा अध्यक्ष नरसिंह बिष्ट, वडा नम्वर ५ का वडा अध्यक्ष घनश्याम भण्डारी लगायत स्थानीयको ठुलो उपस्थिति रहेको थियो ।

नयाँडाँडाबाट सामान्यतया ७ घण्टाको पैदल यात्रा गरी चित्रिपाटन पुग्न सकिने साहित्यकार पूर्ण ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार चित्रलेखी फाउन्डेसन नेपाल र आठबीसकोट नगरपालिकाको संयुक्त प्रयासले पैदल मार्गलाई व्यवस्थित गर्न पदमार्ग सुधारको साथै बिचबिचमा पाहुनाघर निर्माण भईरहेको छ ।

करिब ३५०० मिटर उचाइमा रहेको जुकाफाल्ने ढुङ्गाको नजिकै ३०,३५ जना पाहुनाहरू बास बस्न मिल्ने खालको व्यवस्थित पाहुनाघर निर्माण भइसकेको छ । चित्रिपाटन जाँदा बाटोमै सुन्दर गोतामकोट गाउँ अवलोकन गर्न पाइनुको साथै गौतमहरूको आदिमस्थल तथा अत्रि ऋषिको मन्दिर समेत अवलोकन गर्न पाइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृती/धर्म