नेभिगेशन
समाज

चाडपर्व सकिएपछि प्रशासनमा सेवाग्राहीको भिड

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भिड लाग्ने गरेको छ । दसैं, तिहार र छठ पर्वपछि मङगलवारबाट खुलेको कार्यालयमा सेवाग्राहीको भिड हुने गरेको छ ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी बनाउन तथा अन्य सिफारिसका लागि आउने सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ । सेवाग्राहीहरु कार्यालय समय अवागै प्रवेशद्वारमा आएर लामबद्ध हुने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार लामो बिदापछि कार्यालय खुलेको पहिलो दिनमै जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय चौरजहारीबाट ६७ वडा नयाँ र ३८ वटा प्रतिलिपी नागरिकता जारी गरिएको छ । जिल्ला प्रशासनबाट ४६ जनालाई नयाँ र ३१ जनालाई प्रतिलिपी नागरिकता जारी गरिएको हो भने र इलाका प्रशासनबाट ११ जनालाई नयाँ र सात जनालाई प्रतिलिपी नागरिकता जारी गरिएको छ । दुई जनालाई नाबालक परिचय पत्र दिईएको छ । 

त्यसैगरी ३८ वटा विद्युतीय राहदानीको विवरण संकलन भएको छ भने ३९ वटा राहदानी वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार मङगलबार मात्र जिल्ला प्रशासन र इलाका प्रशासनबाट ११२ जनाको राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन गरिएको छ भने १९ वटा वितरण गरिएको छ । ४६ वटा विभिन्न जातजाती खुलेको सिफारिस भएका छन् भने अन्य १५ सिफारिस गरिएको छ । एक वटा मुद्धाको म्याद थपको काम समेत भएको छ । 

जिल्ला भन्दा बाहिर गएकाहरु चाडपर्वको बेला घर आएको मौकामा नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी लगायत अन्य सिफारिस बनाउने भएकोले भिड लाग्ने गरेको प्रजिअ गौतमले उल्लेख गर्नुभयो । चाडपर्व सुरु हुनुभन्दा पहिला भने दैनिक १५ देखि २० वटा नागरिकता जारी हुने गरेको प्रशासनको भनाई छ । 

बाँफिकोट गाउँपालिका –१० का नबिन देवकोटाले मामाको नागरिकताको प्रतिलिपीको लागि जिल्ला प्रशासनमा आएको तर भिडमा पालो आउनै मुश्किल रहेको बताउनुभयो ।

चाडपर्व, स्थानीय मेला र खेलकुदका कार्यक्रमहरुको कारण जिल्ला केन्द्रित भएकाहरु यस बिचमा सेवा लिन आउने भएकोले चापबढेको उहाँले बताउनुभयो । जिल्ला विभिन्न स्थानमा लाग्ने लाग्ने प्रशिद्ध डिग्रे, शङखपीपल, चौतारा, कुनाखेत, बेलटापु लगायतका मेलासम्म यस्तै भिड रहने उहाँको अनुमान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज