नेभिगेशन
समसामयीक
जाजरकोट भूकम्पका दुई वर्ष

कात्तिक १७ गतेको त्यो कालो रात

 

हेर्दा हेर्दै २ बर्ष बितेछ। आजकै दिन मध्य रातको १२ बज्नै लाग्दा धर्ती हल्लियो । कैयनका जीवित सपनाहरु ढले । सयौंको भौतिक शरीर धर्तिमा मिसियो। नयाँ/पुराना सबै संरचनाले जग गुमाए । समाजमा चिच्याहट सुरु भयो ।

हजारौंले गुहार माग्न थाले । केही सीप चलेन, किनकि समग्र पृथ्वी नै जग छोडेको थियो । न त रोख्न सकियो न त बचाउन । केवल भोग्नु पर्ने बाहेक केही उपाय चलेन।

बचेखुचेका मान्छेहरु सबैतिर दौडिन थाले । सन्तान, आमा ,बा, आफन्ति, छिमेकी स्टमित्र सबै खोज्न थाले । बिडम्बना त्यो अध्यारो रातमा कसैलाइ भेटन सकिएन । केवल प्रार्थना गरेर बस्नु बाहेक केही सीप चलेन। सबै सबै बिहानीको पर्खाइमा बस्नु पर्ने भयो।

बिहान हुन पनि झन्डै ५ घन्टा थियो तर सबैलाइ त्यो समय बिताउन ५ पुस्ता काटे जस्तो भएको थियो । त्यही अलापबिलापमा उज्यालो त भयो नै, तर घर ढलेका थिए, घरका छेउछाउमा रगतका छिटा मात्र देखिन्थे । लाग्थ्यो कि यो घर होइन हाम्रो ज्यान लिने पासो पो रहेछ। सपना जस्तो लाग्ने त्यो दिन बिपना नै थियो, सत्य रहेछ, यथार्थ नै भैदियो।

482211210_646613567779235_5223307047776419522_n-1762163059.jpgगाउँमा गाडिहरु कुद्न थाले । अस्पतालहरु भरिभराउ भए । मलामी जाने शव यात्रामा गाउँ नै खाली भयो । बाटाहरु सेतै देखिए । नदिका किनारहरुमा शवको चाङ लाग्यो र उड्न थाले धुवाको तुवालोमा सपनाहरु । धेरैका शिरको कपाल खाली भयो।

रुवाबासिको त सिमा नै रहेन । लाग्न थाल्यो कि एक पटक त सबै संगै जलेर जाउ तर फेरि उता हस्पिटलमा ढलेकाहरुको सपना त बचाउनु नै पर्थ्यो।

तेश्रो दिनबाट फेरि पार्टीका झन्डाहरु फहराउन थाले । NGO/INGO का गाडिहरु कुद्न थाले । पत्रकारहरु डुल्न थाले । लाग्थ्यो कि हाम्रा घर बन्नेछन, सपना उठ्नेछन, फेरि पुरानै लयमा फर्कने छौ । तर त्यो भने सपना रहेछ । सबै आए तस्वीर बनाए, भिडियाे डकुमेन्ट आदि सबै सबै बनाए । तर सबैले आफ्नै लागि गरेछन । यता पीडित उहीँ ढलेको जगमा बर्खाको पानी,पुस माघको चिसो, चैत्र बैशाखको हुरिवतास र गर्मी सहेर बाच्नै पर्ने बाध्यतामा बाचेँका छौ।

सरकार छ भने आइदेउ ! सक्दैनौ भने सिमानाको बाटो खोलिदेउ !

482022457_646613554445903_5339928585242630245_n-1762163059.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समसामयीक

सुसाइड नोट : सत्य कथा