नेभिगेशन
समाज

जन्मदिनको अवसरमा आश्रममा रहेका जेष्ठ नागरिक र असहायलाई न्यानो कपडा वितरण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ घुरीखोला (हाल अमेरिका) निवासी मुक्ति जङ्ग रावलले आफ्नो ३१औं जन्मदिनको अवसरमा मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। 

रावलले मुसिकोट नगरपालिका १ मा रहेको बुद्धभूमि मानव सेवा आश्रममा आश्रित बृद्ध, असहाय तथा अनाथ बालबालिकाहरुलाई न्यानो ज्याकेट सहयोग गर्नुभएको छ।

हाल अमेरिकामा रहनुभएका रावलको तर्फबाट उहाँकी श्रीमती र छोराले आश्रममा पुगेर १५ थान न्यानो ज्याकेट वितरण गर्नुभएको थियो। चिसो मौसम नजिकिँदै गर्दा प्रदान गरिएको यस सहयोगले आश्रममा रहेका वृद्ध र बालबालिकाहरुलाई ठूलो राहत र न्यानोपनको अनुभूति गराउने विश्वास गरिएको छ।

समाजसेवामार्फत् खुशी बाँड्न पाउँदा सन्तुष्टि मिलेको बताउँदै रावलले भविष्यमा पनि यस किसिमका सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले जन्मदिन मनाउन फजुल खर्च गर्नभन्दा सेवा र सहयोग गर्नेभावका साथ सहयोग गरेको जनाउनुभयो । 

उहाँको यो कार्यले अरूलाई पनि समाजसेवाका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू