नेभिगेशन
समाज

एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको मृत्यु

नेकपा (एकिकृत समाजवादी) रुकुम पश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको मृत्यु भएको छ । 

मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका उपचारको क्रममा काठमाडौंस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा अल्पआयुमै मृत्यु भएको हो । 

जिल्ला उपाध्यक्षको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनले जनाउनुभयो । उहाँले राजनैतिक सहकार्य र आत्मिएताका हस्तिको निधनले पार्टीको भावी योजनामा ठेस लागेको उल्लेख गर्नुभयो । 

मुसिकोट नगरपालिका ४ निवासी खड्का जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमको सदस्य समेत हुनुहुन्थ्यो । अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले उपचारको क्रममा खड्काको अल्पायुमै निधन भएको खबर प्राप्त भएको जनाउनुभयो ।

उहाँले खड्का अत्यन्त सरल स्वभावको, सामाजिक सेवा भावबाट प्रेरित, समाज रुपान्तणको लागि सकारात्मक र सृजनात्मक राख्ने सामाजिक अगुवा भएको बताउनुभयो । उहाँको निधले एक असल सामाजिक योद्धा गुमाउन पुगेको कुसारीले उल्लेख गर्नुभयो । 

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले असल व्यक्तित्व गुमाउँन पुगेको बताउनुभयो । खड्काले समाजको लागि दिएको योगदान उच्च स्रहानिय रहेको नगर प्रमुख केसीले जनाउनुभयो । 

मृतक खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी समेत हुनुहुन्थ्यो । उहाँ विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध हुनुहुन्थ्यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज