नेभिगेशन
समाज

घरमा भाईटिकाको तयारीमा दिदीबहिनी, मुग्लुखोलामा नुहाउन गएका एक मात्र भाईको मृत्यु

भोली वर्षदिनमा आउने तिहारको बिशेष दिन, भाईटिका । दिदीभाई बिचको बिशेष वर्ष भाईटिकाको अघिल्लो दिन रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङका एक युवाको मुग्लुखोलामा डुबेर मृत्यु भएको छ । 

स्थानीय कपिलदेव शर्माका १९ वर्षीय छोरा केदार शर्माको बुधबार बेलुका मृत्यु भएको हो । मुसिकोट नगरपालिका ४ कै मुग्लुखोलामा पौडी खेल्ने क्रममा शर्माको डुबेर मृत्यु भएको उहाँका नातेदार सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार केदार घरका एक मात्र छोरा हुन् । कक्षा १२ मा अध्ययनरत उनी तिहार मनाउन काठमाडौबाट आएका थिए । उनका तीन दिदीबहिनीहरु हुनुहुन्छ । भोलीको भाईटिकाको तयारीमा रहेका दिदिबहिनीहरु एक मात्र भाईको निधनले विक्षिप्त हुनुभएको छ । 

शर्माको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरेर घरमा ल्याईएको छ । भाईटिकाकै दिन उनको अन्त्येष्टि हुने तयारी रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज