नेभिगेशन
समाज

जेन-जी आन्दोलनका घाईते अधिकारीको नेतृत्वमा बाँफिकोटमा २५ बुँदे ध्यानाकर्षण पत्र पेश

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जेनजी समुहको तर्फबाट ध्यानाकर्षणपत्र बुझाईएको छ । 

काठमाडौंमा भएको जेनजी समुहको आन्दोलनका क्रममा घाईते हुनुभएका बाँफिकोट निवासी विजय अधिकारीको नेतृत्वमा गएको टोलीले बुधबार पालिकामा २५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । 

जेनजी समुहको तर्फबाट गाउँपालिका उपाध्यक्ष तारा बुढालाई ध्यानाकर्षण पत्र बुझाईएको संयोजक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भित्रका गतिविधिहरु पारदर्शी, सुदृढ, जनपक्षिय गराउन विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाईएको हो । 

ध्यानाकर्षण पत्रमा शिक्षकहरुलाई राजनीतिबाट पूर्ण रुपमाबन्देज गरिनुपर्ने, स्यार्पूतालको संरक्षणको नाममा भईरहेको अतिक्रमण रोक्नुपर्ने, पालिकाको बजेट र खर्चको पारदर्शिता हुुनुपर्ने लगायतका मागहरु राखिएको छ । 

ध्यानाकर्षण पत्रः

ef64360c-7608-4e82-be71-5fd32e21b104-1760521216.jpeg

df2a79b6-0e7b-49e5-993c-fd7d8536f502-1760521214.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज